
झापा । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिद्वारा अवैध रूपमा चिरान गरिएको ८३.५२ क्युफिट सखुवाको काठ डिभिजन वन कार्यालयले बरामद गरेको छ।
शुक्रवार बेलुका करिब ४ः३० बजे चन्द्रगढी सामुदायिक वनको स्वामित्वमा रहेको मिलमा काठ चिरान भैरहेको सूचना पाएपछि वन कार्यालयको टोलीले छापा मारी काठ नियन्त्रणमा लिएको हो।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, वन समितिले अनुमति प्राप्त कटानी सीमा नाघेर अवैध रूपमा चिरान गरिरहेको अवस्थामा उक्त काठ बरामद गरिएको हो। बरामद काठलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालयमा ल्याइएको उनले जानकारी दिए।