
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८२/०१/२८
जिल्ला झापा भद्रपुर–२ का स्व. सन्तोषकुमार राई (सदस्य नं. ८९५२५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल चैत १२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–२ बस्ने निजको बहिनी विमला राईले आफ्नो दाजुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८२ साल बैशाख ११ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
– एनएमसी सगरमाथा कार्यालय