
झापा । हावाहुरीले घर भत्काउँदा झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-५ त्रिबेणीचोक निवासी ६५ वर्षीय मानबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हावाहुरीले गएराति अन्दाजी ११ः५० बजे आएको टिनको छाना भएको टाँडे घरमा भत्काएको थियो । घरभित्र सुतिरहेको अवस्थामा विमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा जानकारी पाउन साथ राति साढे १२ बजे अस्थायी प्रहरी चौकी कन्चनश्रीको टोली घटनास्थल पुगेका थिए । घटनाको बारेमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।