
झापा । झापाको हल्दिवारीमा चर्पी बसेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएका हल्दिबारी गाउँपालिका-२ आसमानबारी बस्ने ४२ वर्षीय दिलबहादुर राजवंशी गएराति चर्पी गएका थिए ।
उनका दाइ राजकुमार राजवंशीले आज बिहान चर्पी जान खोज्दा भित्रबाट ढोका बन्द रहेको र धेरै समयसम्म पनि ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी हल्दिवारीबाट प्रहरी टोली खटिएर ढोका फोरी हेर्दा चर्पी बसेकै ठाउँमा राजवंशी मृत फेला परेका थिए । कानुनी प्रक्रिया पुरा गरी उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।