२०८२ जेठ १, बुधवार , ०३:२५:२८ बजे

Sajhamanch
'

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता

बुधवार, जेठ १, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बजेट निर्माणको चरणमा यसअघि अर्थमन्त्री पौडेलले मंगलबार नेपालस्थित विकास साझेदारका प्रतिनिधिसँग छलफल गरेका थिए ।

सम्बन्धित खबर