२०८२ असार १, आइतवार , ११:३१:१० बजे

Sajhamanch
'

सुनको भाउ ५०० रुपैयाँले बढ्यो

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । सुनको भाउ आज ५०० रुपैयाँले बढेको छ । सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता लगातार घटिरहेको सुनको भाउ आज भने सामान्य बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९७० रुपैयाँ रहेको थियो ।

बुधवार, वैशाख ३१, २०८२ | अर्थतन्त्र, समाज