
काठमाडौं । सुनको भाउ आज एकैदिन तीन हजार ७०० रुपैयाँले घटेको छ । सुनको भाउ तीन हजार ७०० रुपैयाँले घटेर तोलाको एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।