२०८२ वैशाख २८, आइतवार , ०१:११:४० बजे

Sajhamanch
'

भद्रपुरको मकैबारीमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला

आइतवार, वैशाख २८, २०८२

झापा । झापाको भद्रपुरमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका-४ बद्रीगाउस्थित मकैबारीमा निलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बायाँ हातमा घडी लगाएको, उत्तानो परेको अवस्थामा अन्दाजी ४०/४५ वर्ष उमेर भएको पुरुषको शव फेला परेको हो । मृतकको अवस्थामा हेर्दा ४/५ दिनअघि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मकैबारी शव देखिएपछि स्थानीयले महेशपुर प्रहरी चौकीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगी कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको जनाइएको छ ।

सम्बन्धित खबर