२०८२ वैशाख २७, शनिवार , ०८:५८:४८ बजे

Sajhamanch
'

यी प्रदेशमा आज वर्षाको सम्भावना

शनिवार, वैशाख २७, २०८२

काठमाडौं । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिवार, वैशाख २७, २०८२ | Weather, समाज

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, वैशाख २६, २०८२
पहाडी भूभागमा वर्षाको सम्भावना
बिहिवार, वैशाख २५, २०८२
आजको मौसम
बुधवार, वैशाख २४, २०८२