
झापा । झापा जिल्ला सहकारी संघको नवनिर्वाचित कार्यसमितिलाई बुधबार सपथ ग्रहण गराउँदै पद हस्तान्तरण गरिएको छ । वैहाख १३ गते सम्पन्न मतदान पछि निर्वाचित नेतृत्व र मनोनयन दर्ता बाट नै सर्वसम्मत निर्वाचित नेतृत्वले बुधबारदेखि पदभार ग्रहण गरेको हो ।
राष्ट्रिय सहकारी बैँकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच पद हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष गणेश ढकालले नवनिर्वाचित अध्यक्ष प्रेमकुमार कोइरालालाई पद हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई बिजयी भएको प्रमाणपत्र वितरण गरिएको छ ।