२०८२ जेठ २९, बिहिवार , ०२:१८:२७ बजे

Sajhamanch
'

सिलबन्दी दरभाउ-पत्र आव्हान सम्बन्धी मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालको सूचना

मङ्गलवार, वैशाख २३, २०८२

पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा संचालित
मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल
बिर्तामोड ५ झापा

प्रकाशित मितिः २०८२/०१/२३

आ. व. २०८२/०८३ को लागि मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल तथा मनमोहन मेमोरियाल पूर्वाञ्चल कलेज बिर्तामोड, झापालाई तपसिलमा उल्लेखित सेवा सञ्चालन र सामग्रीहरु आपूर्ति गर्नुपर्ने भएकाले इच्छुक इजाजत प्राप्त सेवा सञ्चालक तथा सप्लायर्सहरुले आवश्यक कागजातहरु समेत संलग्न राखी आफूले सप्लाइ गर्न चाहेको सामग्रीको ब्रान्ड र कबोल गरेको दररेट रकम अंक र अक्षरमा प्रष्ट बुझिने गरी उल्लेख गर्दैे संस्थाले उपलब्ध गराएको फारम यो सूचना प्रथमपटक प्रकाशित गरेको मितिले ३० दिनभित्र कार्यालय समयभित्र (शनिबार बाहेक) अस्पतालको प्रशासन शाखाबाट फारम लिई शिलबन्दी दरभाउ पत्र सूचीकरणको लागि पेश गर्न आव्हान गरिन्छ । सूचीकरण गरिएका सप्लायर्सहरु मध्ये प्राप्त दर भाउ–पत्रहरुलाई छानबिन गरी अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहेको व्यहोरासमेत जानकारी गराइन्छ ।

तपसिल :

१. ल्यावका रिएजेन्ट, अन्य ल्याब आइटम तथा केमिकल्स      २. सर्जिकल आइटमहरु            ३ सर्जिकल इन्स्ट्रुमेन्टहरु                                  ४. क्लिनिङ यूटिलिटी आइटम (सरसफाइका सामग्री)            ५. स्टेशनरी सामानहरु              ६. छपाई सम्बन्धी कामहरु
७. कम्प्यूटर, प्रिन्टर, पार्टस् तथा टोनर रिफिलिङ्ग                   ८. ईलेक्ट्रिकल्स सामग्रीहरु         ९. लण्ड्री सेवा सम्बन्धी आइटमहरु
१०. जेनेरेटर मर्मत सेवा र पार्ट्सहरु                                       ११. AC मर्मत सेवा र पार्टस्हरु     १२. तोकिएका मेडिसिनहरु
१३. डेन्टल आइटमहरु                                                           १४. अर्थो इम्प्लान्ट आइटमहरु     १५. प्लम्बिङ्गका सामग्रीहरु
१६. डाइलोसिस सम्बन्धी सम्पूर्ण सामग्रीहरु        १७ अस्पताल र कलेजको युनिफर्म तथा लिनेन Linens सम्बन्धी सामग्रीहरु (कपडा र सिलाई)
१८. अक्सिजन प्लान्ट र ग्यास पाइपलाईन सम्बन्धी CMC Agreement १९. Dialysis machine and RO water system CMC agreement   २०. Flex board, Banner, Venyl sticker, stamp and flex & digital banner  २१. non-ovan fabric bags

संलग्न गर्नुपर्ने कागजातहरु

  • सप्लाई गर्ने सामग्री र सेवा सम्बन्धी संस्थाले उपलब्ध गराएको फर्म भरेर संलग्न राख्नुपर्ने
  • कम्पनी/फर्म दर्ता प्रमाणपत्र
  • स्थायी लेखा नम्बर प्रमाणपत्र  VAT/PAN
  • करचुक्ता प्रमाणपत्र   Latest
  • आफूले सप्लाई गर्ने सामग्रीको Producer/Importer/Distributer/आधिकारिक विक्रेतामध्ये आफू जे हो सो को आधिकारिक कागजातहरु ।
  • रित पुगेको आवेदन आफैं कार्यलयमा आएर वा कुरियर मार्फत अस्पतालको प्रशासन शाखाको ठेगानामा दर्ता गर्न सकिने छ । E-mail मार्फत पठाएको बोलपत्र मान्य हुने छैन ।

आवेदन फारम अस्पतालको खरिद शाखाबाट उपलब्ध हुने छ ।

विस्तृत जानकारीको लागि सम्पर्कः 
मनमोहन मेमोरियल सामुदायिक अस्पताल  झापाको प्रशासन शाखा

फोन नं. ०२३५३५२५१

Whatsapp No : ९८१८५१८४१६

[email protected]

कलेजको लागि सम्पर्कः

मनमोहन मेमोरियाल पूर्वाञ्चल कलेज बिर्तामोड दाहाल गाउँ हेभन वाटरपार्क दक्षिण
फोन नं. ०२३५९१२७२ र ०२३५३५२९५

प्रशासन प्रमुखःप्रेम मैनाली ९८२४९०२६२०

E-mail: [email protected]

सम्बन्धित खबर