२०८२ वैशाख १९, शुक्रवार , ११:२७:४९ बजे

Sajhamanch
'

सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । आज सुनको भाउमा घटबढ भएको छैन । सुनको भाउ आज पनि हिजोजस्तै एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनयता सुनको भाउमा उचारचढाव हुँदै आएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज तोलाको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार ९१५ रुपैयाँ कायम भएको थियो ।

शुक्रवार, वैशाख १९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर