२०८२ वैशाख १७, बुधवार , ०२:१९:३८ बजे

Sajhamanch
'

सुनको भाउ ७०० रुपैयाँले घट्यो

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार ९७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

बुधवार, वैशाख १७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर