
काठमाडौं । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ५०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।