२०८२ वैशाख १४, आइतवार , १२:४२:०१ बजे

Sajhamanch
'

आज सुनको भाउ सामान्य बढ्यो, चाँदीको घट्यो

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेर एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कारोबार भएको दिन अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८९ हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार ९९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

आइतवार, वैशाख १४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर