२०८२ वैशाख १४, आइतवार , ०२:०७:११ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

आइतवार, वैशाख १४, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८२/०१/१२

जिल्ला झापा बुद्धशान्ती–३ का स्व. तुलसादेवी दाहाल (सदस्य नं. १४९८५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल चैत ३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ती–३ बस्ने निजको छोरी राधा आचार्यले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल चैत २६ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी बुधबारे कार्यालय

आइतवार, वैशाख १४, २०८२ | विज्ञापन

सम्बन्धित खबर