२०८२ वैशाख १४, आइतवार , ०४:५४:४२ बजे

Sajhamanch
'

प्रथम बाहुनडाँगी च्यालेञ्ज कपः रेडहर्ष इलाम विजयी

आइतवार, वैशाख १४, २०८२

मेचीनगर । विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ ।

बाहुनडाँगी युवा क्लबको आयोजनामा शनिबार शुरु भएको प्रतियोगितामा कञ्चनजंघा एफसी सिलिगुडीलाई १ का विरुद्ध ३ गोलले हराउँदै रेडहर्ष इलाम सेमिफाइनल प्रवेश गरेको हो ।

मेचीनगर–४ स्थित सरस्वती माविको खेल मैदानमा भएको खेलको प्लेयर अफ द म्याच साङ्गे शेर्पा घोषित भए । उनले नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् ।

प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुनडाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग छ ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

संस्थाका अध्यक्ष जीवनकुमार मोतेको सभापतित्व रहेको कार्यक्रमको स्वागत खेल संयोजक तथा संस्थाका उपाध्यक्ष राजेश थापा र सञ्चालन सचिव निरज राईले गरेका थिए ।

सम्बन्धित खबर