२०८२ वैशाख १४, आइतवार , ०२:५२:१५ बजे

Sajhamanch
'

आलोचकलाई कवितामार्फत सुरक्षाको जवाफ : संस्कार नहुँदासम्म, मलाई छुन नआउनु

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । एक टिभी अन्तर्वार्तामा बोलेकै आधारमा अभिनेत्री सुरक्षा पन्त यतिबेला सामाजिक संजालमा ट्रोल बनिरहेकी छन् । अन्तर्वार्ताको क्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र ह्यान्डसम् रहेको र फिल्म खेल्न उपयुक्त हुने अभिव्यक्ति दिएपछि पन्तमाथि राजावादीहरू गालीगलौजमा उत्रिएका छन् ।कतिपय त सुरक्षाको पछिल्लो फिल्म ‘खेल’लाई बहिष्कार गर्नुपर्छ भन्दै विरोधमा उत्रिए ।

सुरक्षाको समर्थन गर्ने ऋचा शर्मा लगायतका अन्य सेलिब्रेटीलाई पनि राजावादीले गाली गरिरहेका छन् । ऋचाले त आफूलाई अश्लिल गाली गर्ने सामाजिक संजाल प्रयोगकर्ताको म्यासेजको स्क्रिनसट् नै सेयर गरिदिएकी छन् । महेश बस्नेत, रामकुमारी झाँक्री सुरक्षाको समर्थनमा उत्रिएका छन् ।

धेरैले सुरक्षाको समर्थन गर्दै उनको अभिव्यक्ति र राजनीतिक स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने बताएका छन् ।सुरक्षाको अभिव्यक्तिलाई लिएर सामाजिक संजालको टाइमलाइन राजावादी र गणतन्त्रवादीको कित्तामा बाँडिएको देखिन्छ । यस्तोमा, शनिबार बेलुका सुरक्षाले आफूलाई गालीगलौज गर्नेलाई जवाफ दिँदै फेसबुकमा कविता सेयर गरेकी छन् ।

सम्बन्धित खबर