
झापा । झापाको कनकाईमा ट्यांकरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-५ निवासी अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान अन्दाजी ७ः१५ बजे कनकाई ८ घाग्रा पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २९९७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले साइकल यात्री सापकोटालाई ठक्कर दिँदा घटनास्थल मै मृत्यु भएको थियो ।
उनको शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । ट्यांकर र चालक कमल गाउँपालिका १ बस्ने ४६ वर्षीय भीमबहादुर कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।