२०८२ वैशाख २८, आइतवार , ०३:०४:३९ बजे

Sajhamanch
'

बिर्तामोडमा मेयर पकेट प्याकेज बाख्रा साटासाट कार्यक्रम : ४५ वटा बाख्रा वितरण

सोमवार, वैशाख ८, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ ।

नगरको मेयर पकेट प्याकेज बाख्रा साटासाट कार्यक्रम अन्तर्गत समृद्धि पूर्णिमा कृषक समूह सोमबारेका १५ जना कृषकलाई ३–३ वटाका दरले ४५ वटा बाख्रा वितरण गरिएको हो ।

नगर कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष किशोर पौडेलले गोलाप्रथा विधिबाट बाख्रा छनोट गरेर हस्तान्तरण गरेका थिए ।

नगरपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाबाट २०७४ सालदेखि हरेक वर्ष बाख्रा साटासाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस आर्थिक वर्षसम्म आइपुग्दा १६ वटा समूहलाई ७२० वटा बाख्रा वितरण भइसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बाख्रासँगै एक समूहका लागि एउटा उन्नत जातको बिउ बोकासमेत वितरण गर्दै आएको पशुपंछि तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिइन् ।

नगरपालिकाले कृषकलाई कुनै पनि क्षति नहोस् भन्ने उद्देश्यले बाख्राको बीमासमेत गर्दै आएको छ ।

बिर्तामोडमा मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा र बंगुर साटासाट कार्यक्रम सञ्चालनमा छन् ।

सम्बन्धित खबर