
काठमाडौं । सुनचाँदीको भाउ आज यथावत् रहेको छ । आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि घटबढ भएको छैन । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।