२०८२ वैशाख ७, आइतवार , ०१:०९:१७ बजे

Sajhamanch
'

शिवसताक्षी ९ मा ५६ जना वृद्धवृद्धा सम्मानित

आइतवार, वैशाख ७, २०८२

शिवसताक्षी । नेकपा (एमाले) शिवसताक्षी वडा नं. ९ कमिटीले ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ । ९ नं. वडा कमिटीले ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको हो ।

प्रतिनिधि सभाका सदस्य तथा पार्टीका प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बू, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे, नगर कमिटी अध्यक्ष मेदनी दंगाल लगायतले ज्येष्ठ नागरिकलाई सम्मान पत्रसहित खादा, माला र टेक्ने लौरोले सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य साँवाले कम्युनिष्ट पार्टीको सरकार बन्यो भने ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई गोली हानेर मारिदिन्छ भन्ने भ्रम छरिथ्यो तर आज यही पार्टीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछ भने यसरी सम्मान गरिँदै आएको छ ।

‘यहँ प्रष्ट हुनुपर्ने कुरा के हो भने विशेष गरेर एमालेले ज्येष्ठ नागरिकको साहरा प्रदान गर्दछ । नेकपा एमालेले बृद्ध भत्ताको अवधारणा ल्याएर ज्येष्ठ नागरिकहरुलाई बुढेकालमा बाँच्न सहज भएको छ’ पार्टी नेता तथा सांसद सावाको भनाई छ ।

उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने गरी चिल्लागढधाममा कार्यक्रम राखेकोमा वडा कमिटीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपािलकाका प्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्राले शिवसताक्षी नगरपालिकाले गरेको विकास निर्माणका कामहरुको बारेमा बोलेका थिए ।

उनले सम्मानित ज्येष्ठ नागरिकहरुलाई दीर्घ जीवनको कामना गर्दै नगरपालिकालले काम गरेन भन्ने हल्ला चलाइने गरेको छ । उनले भने, २०८४ सालसम्म न्यूनतम पूर्वाधार तयार हुने गरिएको कामको थालनी भएको बताए ।

सिमित स्रोत साधान र घट्दो बजेटका बाबजुत पनि आगामी वर्षहरुका नगरका मुख्य सडकहरु, नगरस्तरीय योजनाहरुलाई पूर्णता दिने र भित्र रहेका स–साना बाटाहरुको पनि स्तरोन्नति गर्ने नगरप्रमुख थोप्राले बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवलय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे, नगर अध्यक्ष मेदनी दंगाल, पूर्व सांसद तारासम योङ्गया लगायतले शुभकमना मन्तव्य राखेका थिए ।

वडा कमिटी अध्यक्ष लोकेश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टंकबहादुर खत्रीले गरेका थिए ।

सम्बन्धित खबर