२०८२ वैशाख ७, आइतवार , १२:२४:५२ बजे

Sajhamanch
'

झापामा पिकअपसहित २२ लाखको अवैध सामान बरामद

आइतवार, वैशाख ७, २०८२

झापा । झापामा पिकअपसहित करिव २२ लाख मूल्यको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

गएराति ८ बजे भद्रपुर नगरपालिका वडा नम्वर ९ मा भारतवाट नेपालतर्फ भन्सार छलि बा. १८ च ४६१६ नम्वरको पिकअप गाडीमा ल्याउँदै गरेको मोवाइल फोनको पार्टस २० कार्टुन अन्दाजी ४ लाख बराबरको सामान, गाडी र चालक भद्रपुर ५ वस्ने २३ वर्षीय राहुल कामतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडी र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।

त्यस्तै गएराति अन्दाजी १० बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले अर्जुनधारा– ६ छाताचौकमा बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको अबैध सामान बरामद गरिएको छ । मोबाइल र मोबाइल पार्टसका सामानहरु बरामद भएको जनाइएको छ ।

सम्बन्धित खबर