२०८२ वैशाख ६, शनिवार , ०८:१२:५४ बजे

Sajhamanch
'

दाङमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गयो

शनिवार, वैशाख ६, २०८२

काठमाण्डौ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दाङ घोराहीकी पुष्पा डाँगी र राजपुर गाउँपालिका–५ का निलसरोज यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट छुटेको बा ३ ख ७९९६ नम्बर बस हिजो बेलुका दाङको राप्ती गाउँपालिका–५ लठ्ह्वामा दुर्घटना भएको थियो ।दुर्घटनामा ७ जना घाइते भएका छन् । उनीहरुको सिसहनियाँ र लमहीमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सम्बन्धित खबर