२०८२ वैशाख ५, शुक्रवार , ०१:४१:०३ बजे

Sajhamanch
'

रास्वपा केन्द्रीय समिति बैठक बस्दै,

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, महाधिवेशन कार्य विवरणका विषयमा छलफल हुनेछ ।बैठकमा विशेष रिपोर्टिङ ९जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायत विषय छलफलका एजेन्डा रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सम्बन्धित खबर