२०८२ वैशाख ६, शनिवार , १२:१०:१० बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बुधवार, वैशाख ३, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८२/०१/०३

जिल्ला झापा हल्दिबारी–३ का स्व. नन्दलाल ढकाल (सदस्य नं. १६१८५४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल फागुन १६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला हल्दिबारी–३ बस्ने निजको छोरा जीवन ढकालले आफ्नो बुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल चैत २० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी बडाबारी कार्यालय

सम्बन्धित खबर