२०८२ वैशाख ३, बुधवार , ०७:३०:२८ बजे

Sajhamanch
'

सुनसरीमा गोली प्रहार घटना : तीनजना पक्राउ, तीन अझै फरार

बुधवार, वैशाख ३, २०८२

सुनसरी। देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज-१ का रवीनकुमार यादव र पिन्टु यादव पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। गोली प्रहारका क्रममा मेहता गम्भीर घाइते भएका थिए । प्रहरीको निगरानीमा विराटनगरमा उनको उपचार भइरहेको छ।

एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी गरिरहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए। गोली हान्ने मध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार छन्। पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको अपराधिक गतिविधि गर्दै आएको उनले बताए।

घटनामा ६ जनाको संलग्नता रहेको थियो । ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए। पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए ।गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर