२०८२ वैशाख २, मङ्गलवार , ०२:५७:१२ बजे

Sajhamanch
'

थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन् । उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको टनेल गेटबाट ६ किलो ९७० ग्राम गाँजासहित उनी पक्राउ परेका हुन् ।

थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई जाँच गर्ने क्रममा लगेजबाट उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मङ्गलवार, वैशाख २, २०८२ | अपराध, समाज

सम्बन्धित खबर