२०८२ वैशाख २, मङ्गलवार , १०:१३:२५ बजे

Sajhamanch
'

‘जारी २’ दशैंमा आउने, छायांकन बैशाख तेस्रो सातादेखि

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । बहुप्रतीक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को औपचारिक घोषणा भएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा घोषणा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी बाँसुरी फिल्म्सले फिल्मबारे जानकारी दिएको हो ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्माको शीर्ष भूमिका हुनेछ । साथै यसमा बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखुको पनि अभिनय हुनेछ ।फिल्मको प्रदर्शन दशैंमा हुने निर्माता रामबाबु गुरुङले बताए ।

छायांकन बैशाख तेस्रो सातादेखि पाँचथरमा हुने तयारीमा छ । फिल्मको अघिल्लो श्रृंखलाले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरैको ब्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।‘जारी २’पछि बाँसुरी फिल्म्स ‘कबड्डी ५’को निर्माणमा जुट्ने जनाइएको छ ।

सम्बन्धित खबर