२०८२ वैशाख २, मङ्गलवार , ०९:३८:२० बजे

Sajhamanch
'

‘रामायण’ सिरियलका रामले गरे पशुपतिनाथ दर्शन

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । चर्चित हिन्दी धारावाहिक टिभी श्रृंखला ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गर्ने भारतीय अभिनेता तथा लोकसभा सांसद अरुण गोविल अहिले काठमाडौंमा छन् ।

पत्नी तथा अभिनेत्री श्रीलेखा र केही सहयोगीसहित नेपाल आएका उनले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरे ।

‘आज मलाई पवित्र धाम भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य मिल्यो । महादेवको यो दिव्य भूमिमा पुगेर अद्वितीय आध्यात्मिक शान्ति महसुस गरें । हर हर महादेव १ भगवान रामको जय होस्’ उनले सामाजिक संजालमा लेखेका छन् ।

रामानन्द सागरको चर्चित टिभी सिरिज ‘रामायण’पछि उनी विश्वभर चर्चित बने । पहेली, सावनको आने दो, हिम्मतवाला, आर्टिकल ३७० जस्ता कथानक फिल्ममा उनले अभिनय गरेका छन् । फिल्म ‘आर्टिकल ३७०’मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् ।सन् २०२४ मा सम्पन्न भारतीय लोकसभाको चुनावमा उनले मिरुतबाट सांसद पद जितेका थिए ।

सम्बन्धित खबर