
काठमाडौं । सुनको भाउले आज पनि कीर्तिमान बनाएको छ । आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै उच्च एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८५ हजार रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।