२०८२ वैशाख १, सोमवार , ११:४३:५९ बजे

Sajhamanch
'

झापाको अर्जुनधारामा लाखौँ धनमालको चोरी

आइतवार, चैत ३१, २०८१

झापा । झापाको अर्जुनधारामा लाखौँको चोरी भएको छ । अर्जुनधारा नगरपालिका-६ डाँस पुल छेउ बस्ने दीपक पराजुलीको घरमा चोरी भएको हो ।

दुई तले पक्की घरमा कोही नभएको अवस्थामा घरको मूल ढोकाको ताल्चा फुटाई माथिल्लो तल्लाको कोठाभित्र दराजमा रहेको सुनको विभिन्न गरगहनाहरू अन्दाजी साढे ३ तोला र चाँदीको विभिन्न गरगहनाहरू अन्दाजी १३५ तोला गरी जम्मा ८ लाख ४५ हजार बराबरको चोरी भएको हो ।

पराजुली परिवारका सम्पूर्ण सदस्यहरू काठमाडौँ गएका थिए । हिजो साँझ घर फर्किएर आएपछि घरमा चोरी भएको थाहा पाएका थिए ।

सम्बन्धित खबर