२०८२ वैशाख १, सोमवार , ०९:१५:५८ बजे

Sajhamanch
'

उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै

आइतवार, चैत ३१, २०८१

काठमाडौं। चार देशीय टी-२० सिरिजको उपाधि भिडन्तमा आज नेपालले कुवेतसँग खेल्दैछ। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा विहान सवा ११ बजे हुनेछ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो।

नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङको अवसर पाएको थियो। हङकङले ‌९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो।हङकङका अंशुमान रथ १७, जिशान अली ३० र निजाकत खान ३ रनमा आउट भएका थिए । बाबर हयात र कल्हन चालुले समान १-१ रन बनाएको अवस्थामा वर्षा भएको थियो। तर र‌ंगशाला क्षेत्रमा वर्षा नरोकिएपछि दुवै टोलीले एक-एक अंक बाँडेका हुन्।

नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। हङकङ र कतारले तेस्रो स्थानका लागि आजै खेल्दैछन्।जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो।

सम्बन्धित खबर