२०८१ चैत ३०, शनिवार , १०:३१:४७ बजे

Sajhamanch
'

ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो होला जस्तो छ : शेखर कोइराला

शनिवार, चैत ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्व डरलाग्दो अवस्थामा अघि बढेको बताएका छन् ।

अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको ट्यारिफ युद्ध निकै खतरनाक भएको बताउँदै उनले यसबार नेपाल अछुतो रहन नसक्ने बताएका हुन् ।वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने उनको बुझाइ छ । ‘विश्व जसरी ट्रयारिफ वारमा गइराखेको छ, त्यसले नेपाल अछुतो रहन सक्दैन’, उनले भने, ‘अमेरिका र चीनको ट्यारिफको युद्ध भइरहेको छ, सबै देशमा भइरहेको छ । यो तेस्रो वर्ल्डवारभन्दा ठूलो होला जस्तो देखिन्छ ।

उनले यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपालको स्वास्थ्य संस्थामा कसरी सुलभ सेवा दिने भन्नेबारे पनि सोच्नु पर्ने बेला भएको उनको भनाइ छ ।उनले नेपालका स्वाथ्य संस्था कसरी आफ्नै खुट्टामा उभिने भन्ने बारे सिक्नुपर्ने बताए ।

सम्बन्धित खबर