२०८२ वैशाख ३, बुधवार , १२:२२:२३ बजे

Sajhamanch
'

‘पिताम्बर’लाई अष्ट्रेलियामा सयभन्दा धेरै शो

मङ्गलवार, चैत २६, २०८१

फिल्म ‘पिताम्बर’ शुक्रबार नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ । अष्ट्रेलियाली बक्सअफिसमा रिलिज हुन लागेको यो फिल्मलाई नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वायजले रिलिज व्यवस्थापन गरेका हुन् ।

यी वितरण कम्पनीले यसअघि ‘छक्कापञ्जा’ श्रृंखला, फर्की फर्की, प्रेमगीत ३, तेलभिसालाई पनि वितरण गरेका थिए । अस्ट्रेलियाको नेपाली डायस्पोरा पछिल्लो समय नेपाली फिल्मको ठूलो बजार मानिएको छ ।‘चलेका र बजार तताउने कलाकारको जमघट बाक्लो भएकोले नै हामीले फिल्म पिताम्बर अष्ट्रेलियामा रिलिज गर्ने जमर्को गरेका हौं’ नमस्ते इन्टरटेनमेन्टका देव कार्की र रगडेल ब्वाइजका शीतल गिरीले भने । अस्ट्रेलियामा फिल्मको एड्भान्स टिकट विक्री पनि खुलिसकेको छ ।

पिताम्बरले अस्ट्रेलियाभर पहिलो दिन सयभन्दा धेरै शो पाएको छ । त्यहाँका होयट्स, इभेन्टस, रिडिङ, भिलेज र लाईम लाईट लगायतका हलमा शो पाएको छ ।कृषा चौलागाईं निर्देशित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया लगायतको अभिनय छ ।

सम्बन्धित खबर