
झापा । वशिष्ठ भण्डारी समाजको केन्द्रीय सदस्यमा दुई जनालाई मनोनयन गरिएको छ ।
कनकाई नगरपालिका ४ कोटिहोममा समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा आज बसेको बैठकले केन्द्रीय सदस्यमा लय भण्डारी र सुरेन्द्र भण्डारीलाई मनोनयन गरेको हो ।
सुरेन्द्रलाई भाषा, कला, संस्कृति र पत्रकारिता क्षेत्रबाट तथा लयलाई समाजसेवा र ब्यवसायिक क्षेत्रबाट केन्द्रीय समितिमा मनोनित गरिएको समाजका महासचिव जय भण्डारीले जानकारी दिए ।
सो बैठकले काठमाडौं उपत्यका समितिको संयोजकमा केन्द्रीय सदस्य भोजराज भण्डारीलाई तोकेको छ । समाजको गत चैत २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको थियो ।
यसैबीच समाजको आयोजनामा लगाइएको बृहन्नारदीय महापुराण सप्ताह ज्ञान महायज्ञ समापन भएको छ ।
कोटीहोमस्थित वशिष्ठ भण्डारी समाजको केन्द्रीय कार्यालय परिसरमा आयोजित महायज्ञ १६ जना बटुकको सामुहिक उपनयन गर्दै समापन गरिएको हो ।
वशिष्ठ गोत्रीय भण्डारीहरुका पितृहरुको उद्दारका लागि गत चैत १७ गतेदेखि महायज्ञ शुरु भएको थियो । महायज्ञमा आचार्य पण्डित छन्दुराम भण्डारीले कथावचन गरेका थिए ।