२०८१ चैत २५, सोमवार , ०८:३८:२२ बजे

Sajhamanch
'

शिवसताक्षी मेयर कप : वडा नं. ८ सेमीफाइनलमा प्रवेश

सोमवार, चैत २५, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप अन्तरगत आजको अन्तिम क्वाटर फाइनल खेलबाट वडा नं. ८ सेमीफाइनलमा प्रवेश गरेको छ । वडा नं. ११ लाई १-० गोलअन्तर हराउँदै वडा नं. ८ सेमीफाइनलमा प्रवेश गरेको हो ।

वडा नं. ८ का तर्फबाट खेलको ४५औं मिनेटमा जर्सी नं. १४ का सोहन थापाले गरेको गोल नै निर्णायक हुन पुग्यो । वडा नं. ११ ले धेरै अवसर पाए पनि गोलपोष्टमा प्रहार गरेको बल गोलमा परिणत हुन सकेन ।

खेलको म्यान अफ द म्याच वडा नं. ८ का सोहन थापा घोषित भए । उनले नगद २ हजार १०० रुपैयाँ प्राप्त गरे ।

भोलि मंगलबार वडा नं. ८ र वडा नं. १० बीच पहिलो सेमीफाइनल खेल हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर