२०८१ चैत २५, सोमवार , १०:४२:१२ बजे

Sajhamanch
'

अस्ट्रेलिया, युरोप र अमेरिकाबाट ‘वर्ल्ड टूर’ थाल्दै दुर्गेश, हिरोमा पनि अफर

सोमवार, चैत २५, २०८१

काठमाडौं । निरन्तरता नै सफलताको कडी हो- यो कुरा राम्ररी बुझेका छन गायक एवं पर्फमर दुर्गेश थापाले । आज त्यही निरन्तरता र आफू लागेको क्षेत्रप्रतिको लगावको प्रतिफलस्वरूप स्वाद चाखिरहेका छन् उनी ।

यो उतारचढावपूर्ण यात्रामा दुर्गेशले जति गाली कसले खायो होला ? उनले जति अपमान कसले सहनुपर्‍यो होला रु यात्रामा जे जस्ता उतारचढाव आएपनि कहिँकतै डगमगाएनन् उनी । कतै विचलित भएनन् । आफ्नो विधामा डटिरहे ।

त्यसकै प्रतिफल हो उनले आज पाएको उचाई र हाई हाई‘१

‘मेरो मनमा पाप छैन । म हुने एउटा र देखिने अर्को होइन, जे छु यही हो । न त मलाई बनावटी आउँछ, नत नौटंकी नै गर्न सक्छु’ उनले आफूबारे भने । अहिले उनी जहाँ छन्, त्यहाँ छाइरहेका छन् ।पछिल्लो समय उनलाई चर्चा, ख्याती र उचाईको चरमचुलीमा पुर्‍याएको गीत हो- दुश्मन हेरेको हेर्‍यै ।’ यो गीतले उनलाई अहिले देश तथा विदेशमा चर्चा दिलाएको छ । दुई सातादेखि यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । उनको माग यतिविधि छ कि, उनलाई समय मिलाउनै हम्मे छ ।

यसबारे उनी भन्छन्, ‘भन्ने नै हो भने मसँग समय नै छैन । हरेक दिनजसो कन्सर्ट पर्ने गरेको छ । त्यसमाथि देश बाहिरको यात्राको समय पनि मिलाउनु परेको छ । यो सबै मेरो सृजनालाई मनपराउनु हुने दर्शक श्रोताको माया, साथ र सद्भावको प्रतिफल हो ।’

यतिबेला दुर्गेश देश दौडाहामा छन । अब एक महिनापछी उनको सांगीतिक यात्रा विदेशतिर सुरु हुनेछ । ‘पहिलो चरणमा युरोप, अमेरिका र अष्ट्रेलियामा मेरो कार्यक्रम हुनेछ भने त्यसपछि अन्य मूलुकमा रहनु हुने नेपालीमाझ पुग्ने छु’ उनले भने ।

‘यो गीत पपुलर हुन्छ जस्तो त लागेको थियो, तर यस्तो पपुलर होला भन्ने लागेको थिएन । पहिला हलुका रूपमा साथी भाईलाई सुनाउँदा पनि यो गीत चल्दैन भनेर मलाई गाली गर्थे । तँ जहिले पनि यस्तै गीत गाउँछन् भनेर गाली गरें । तर, आज तिनीहरूले नै मलाई बधाई दिन थालेका छन्’ उनले भने ।

अब चिनिन र हिट हुन गायकगायिका आफै स्टेज र भिडियोमा देखिनुपर्ने सुझाव उनको छ । पर्फमेन्सलाई आजको समयको मागको रूपमा लिएका उनले केही गीतलाई सुन्न भन्दा पर्फमेन्समा मजा लिन सक्नुपर्ने उनको भनाइ छ ।

‘केही गीतलाई सुन्नभन्दा स्टेज पर्फमेन्सका कारण हिट हुने र चल्ने गरेका हुन्छन । मेरो यो गीत पनि यस्तै हो । अर्को कुरा भिडियो र पर्फमेन्सले मेरो गीतमा ज्यान भरेको छ । यो गीतले चर्चा पाउनुमा भिडियो अनि स्टेज पर्फमेन्स अर्को मूल कारण हो’ उनले भने ।

यसबीचमा आफूलाई फिल्मको हिरोको लागि पनि अफर आएको उनले बताए । तर, हतारिएर अर्को विधामा हामफाल्ने निधो नगरेको उनले बताए । ‘अफर आउना साथ हौसिएर गीतसंगीत छोडेर त्यता लाग्दा भोली यता न उता भैयो भने के गर्नी रु बडो डर र जोखिम छ । त्यस्तो जोखिम अहिले नमोलौ । हेरौ पछि के हुन्छ रु’ भन्छन्, ‘अहिले गीतसंगीतमा लागौं । रमाऔ र दर्शक श्रोताको मन जितिरहूँ । यही मान्यतामा हिँडेको छु’ उनले भने ।

सम्बन्धित खबर