२०८१ चैत २४, आइतवार , १२:३६:०८ बजे

Sajhamanch
'

निचाझोडा सामुदायिक वनमा उम्मेदवारी घोषणा

आइतवार, चैत २४, २०८१

बिर्तामोड । निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार उम्मेदवारी घोषणा गरिएको छ ।

निर्वाचन प्रचार प्रसार समितिले एक कार्यक्रमका बीच सूर्य भट्टराईलाई अध्यक्ष उम्मेदवार घोषणा गरेको हो । भट्टराईको नेतृत्वमा घोषणा गरिएको उम्मेदवारहरुलाई उपभोक्ताहरुले निर्वाचित गर्ने बताइएको छ ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा भट्टराई, उपाध्यक्षमा कूलप्रसाद साँवा, सचिव सृष्टि राई, सहसचिव लक्ष्मीप्रसाद पौडेल र कोषाध्यक्षमा नैनकला गुरागाईलाई उम्मेदवार घोषणा गरिएको छ ।

यस्तै, सदस्यहरुमा टोल नं. १ बाट खड्गप्रसाद प्रधान, रिता चौधरी, २ बाट भीम सुब्बा, रुपा घिमिरे, ३ बाट भीम अधिकारी, रञ्जु बराल, ४ बाट मनकुमार लिम्बू, सीतादेवी बस्नेत र ५ बाट प्रमिला घिमिरे, रिता खनाललाई उम्मेदवार घोषणा गरिएको छ ।

खुल्ला सदस्यमा पार्वता भुजेल, थलप्रसाद गदाइली (दलित), उर्मिला राई (खुल्ला महिला) र संजय लिम्बु (खुल्ला) उम्मेदवार बनेका छन् ।

हडम मुर्मुको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता थियो । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदवारहरुको नामावली घोषणा गरेका थिए ।

बिर्तामोड ७ मा रहेको वनको नयाँ नेतृत्व चयनका लागि बैशाख ४ गते निर्वाचनको मिति तोकिएको छ ।

सम्बन्धित खबर