
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज बाघचाल प्रतियोगिता सञ्चालन गरेको छ ।
“मर्यादित सहकारीः समुन्नत समाज” भन्ने नाराका साथ यो वर्ष ६८औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । सोही अवसरमा संस्थाले ज्येष्ठ नागरिकबीच बाघचाल प्रतियोगिता गरेको हो ।
सो प्रतियोगितामा झुमनाथ पौडेल प्रथम भएर नगद ३ हजार रुपैयाँ पुरस्कारसहित बाघचाल खेल्ने एक थान बोर्ड प्राप्त गरेका छन् ।
प्रतियोगितामा लालबहादुर तोलाङ्गे द्वितिय र रामबहादुर विक तृतिय भए । उनीहरुले क्रमशः नगद दुई हजार र एक हजार रुपैयाँसहित एक–एक थान बाघचाल वोर्ड प्राप्त गरे ।
सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले विजयी खेलाडीहरुलाई नगदसहितको पुरस्कार हस्तान्तरण गरेका थिए ।
संस्थाका उपाध्यक्ष तथा सामाजिक गतिविधि परिचालन समितिका संयोजक उमानाथ भण्डारीको अध्यक्षतामा भएको सो प्रतियोगितामा उपस्थित बाघचाल खेलाडी र सहभागीलाई संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले शाब्दिक स्वागत गरेका थिए ।
सस्थाका व्यवस्थापक रबिन सुब्बाले कार्यक्रम सञ्चालन गरेका थिए ।