
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
दुई खेलमा एकमा जीत र एकमा हार बेहोरेको लखनउ २ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । एउटा खेल खेलेको पञ्जाब खेल जितेर २ अङ्कका साथ पाँचौं स्थान छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।