
काठमाडौं । तीनकुने क्षेत्रमा प्रदर्शनकारीले फोहोरमैला, तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको छ ।
महानगरका नगरप्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले फोहोरमैला र वातावरण प्रदूषणका विषयमा एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र निर्मलनिवास पठाएका छन् । यस्तै, तोडफोडलगायत विषयमा पनि पूर्वराजा शाहलाई जरिवानासम्बन्धी छुट्टाछुट्टै पत्र पठाइएको छ ।त्यस्ता आठ पत्रमार्फत महानगरले पूर्वराजा शाहलाई कुल सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
शुक्रबार (चैत १५) तीनकुनेमा प्रदर्शनका क्रममा राजावादीले तोडफोड र आगजनी गरेका थिए । राजावादी हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए ।