
काठमाण्डौ । चैते औँसी नुहाउन, श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङमा एकैदिन १० हजार जनाभन्दा धेरै भित्रिएका छन् ।
मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न श्रद्धालुको घुइँचो लागेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनीमा श्राद्ध गर्ने र मुक्तिनाथमा दर्शन गर्ने दर्शनार्थीको सुरक्षाका लागि मातहतका निकाय खटिएका छन् ।
तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका छन् । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका होटल तीर्थालुले भरिभराउ भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी जोमसोमका पर्यटन व्यवसायी अजित थकालीले पनि हजारौँ श्रद्धालु भक्तजनको घुइँचो रहेको बताए।
दुई वर्षअघि कागखोला बाढीले कागबेनीधाम र भौतिक संरचनामा क्षति पुगेपछि कागबेनीमा श्राद्ध, पूजापाठ र स्नान गर्न समस्या हुँदै आएको छ । कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले यस क्षेत्रको पुनर्निर्माण तत्काल गर्नुपर्नेमा जोड दिए ।