२०८१ चैत १८, सोमवार , १०:५४:५६ बजे

Sajhamanch
'

पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने

शनिवार, चैत १६, २०८१

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गर्ने भएको छ ।

पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गर्ने महासङ्घले जनाएको छ ।

यस्तै महासङ्घले स्थापना दिवसका अवसरमा आजका लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । ‘स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोध शभाको रूपमा मनाउने’ महासङ्घका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सबै कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न समेत महासङ्घले अनुरोध गरेको छ ।

सम्बन्धित खबर