२०८१ चैत १७, आइतवार , ०८:०६:१९ बजे

Sajhamanch
'

उपसभामुखले गरिन् फिल्म ‘द्रौपदी’को प्रशंसा

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रदर्शनरत फिल्म ‘द्रौपदी’को प्रशंसा गरेकी छन् । राजधानीको वान सिनेमाज हलमा फिल्म हेरिसकेपछि उनले नारी सशक्तीकरणको विषयलाई गजबले उठान गरेको बताइन् ।

फिल्मले महिलालाई कुरिती र कुसंस्कारविरुद्ध लड्न बल दिएको बताउँदै उनले हेर्न आग्रह गरिन् । केहीदिनअघि पूर्वमन्त्री रेखा शर्माले पनि यो फिल्मले महिलालाई माथि उठाउन र समाज परिवर्तनका लागि विद्रोहको बिगुल फुकेको प्रतिक्रिया दिएकी थिइन् ।ऋषिराज आचार्य निर्देशित यो फिल्म अहिले नेपालका हलमा चलिरहेको छ । कर्णाली परिवेशमा महिलामाथि हुने शोषण र विभेदको मर्मस्पर्शी कथामा आश्विनी शाही, रवि ओड, निर्देशक आचार्य स्वयमको समेत अभिनय छ ।

यो फिल्म केही अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत छनोट भैसकेको छ । आरबी मूभिजको ब्यानरमा बनेको यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको जनाइएको छ ।फिल्ममा आश्विनी, ऋषि र रविसहित कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीको पनि अभिनय छ ।

सम्बन्धित खबर