२०८१ चैत १२, मङ्गलवार , ०४:४४:१३ बजे

Sajhamanch
'

AC (Air Conditioner) खरिद सम्बन्धी कोटेशन आह्वान सम्बन्धमा

मङ्गलवार, चैत १२, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मिति  : २०८१/१२/११

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तरगत एनएमसी सहकारी पसललाई निम्न बमोजिमका सामग्रीहरु आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले उल्लेखित शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ ।

आवश्यक सामग्रीः

क्र.स. सामग्री विवरण  क्षमता आवश्यक संख्या एसीको प्रकार विशेषता
१.  एयर कन्डिसनर (AC) १  टन १ थान वाल पाउन्ट स्प्लिट एसी इन्भर्टर एसी
२. एयर कन्डिसनर (AC) २ टन ७ थान वाल पाउन्ट स्प्लिट एसी इन्भर्टर एसी

शर्तहरुः

१. कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामग्रीको पूर्ण विवरण (Full Specification) उल्लेख गर्नुपर्नेछ ।
२. वारेण्टी वा ग्यारेन्टी समय उल्लेख भएको हुनुपर्नेछ । यदि पार्टस अनुसार वारेण्टी समय फरक पर्ने भएमा सो कुरा पनि स्पस्ट खुलेको हुनुपर्ने छ ।
३. कोटेशन पेश गर्दा निःशुल्क आउने र सशुल्क आउने आवश्यक सामग्रीको (Accessories) विवरण स्पस्ट उल्लेख भएको हुनुपर्ने छ ।
४. कोटेशन पेश गर्दा नजिकै रहेको सर्भिस सेन्टरको विवरणसमेत उल्लेख गर्नुपर्नेछ ।
५. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्ने छैन ।
६. कोटेशन पेश गर्दा सामग्री उपलब्ध गराइसक्ने अवधि उल्लेख गर्नुपर्नेछ ।
७. कोटेशन पेश गर्दा मूल्य अभिवृद्धि कर, ढुवानी शुल्क, जडान शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
८. सामग्री संस्थाको बिर्तामोड र शनिश्चरे पसलमा जडान गरिनेछ ।
९. कोटेशन २०८१ चैत १८ गते सोमबार कार्यालय समय भित्रमा सहकारी पसल प्रधान कार्यालय बिर्तामोडमा शिलबन्दी गरी बुझाउनु पर्नेछ ।
१०. बिक्रेताहरुले सहजताका आधारमा शिलबन्दी वा सहकारी पसलकोे आधिकारिक इमेल ठेगाना [email protected] मा Password Protected डकुमेन्ट बनाई इमेल गर्न सक्नु हुनेछ । कोटेशन सम्बन्धी निर्णय गर्ने दिन सम्बन्धित बिक्रेतासँग पासवर्ड माग गरिनेछ ।
११. कोटेशनको निर्णय गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
१२. थप जानकारीका लागि ९८५२६८९४१७ वा ९८५२६८९५३२ मा सम्पर्क गर्न सकिनेछ ।

एनएमसी सहकारी पसल
प्रधान कार्यालय

सम्बन्धित खबर