
काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ । हिजो ६०० रुपैयाँले घटेको सुनको भाउ आज २०० रुपैयाँले घटेको हो ।
आज सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । हिजो सुन तोलाको एक लाख ७३ हजार ५०० रुपैयाँ थियो ।
यस्तै लागातार तेश्रो दिन आज पनि चाँदीको भाउ यथावत् छ । आज चाँदी तोलाको एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।