
झापा । झापामा नक्कली नेपाली नम्बर प्लेट भएको भारतीय स्कोरपिओ गाडीसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले सोमबार साँझ ६ बजे मेचीनगर नगरपालिका-६ काँकडभिट्टा बसपार्क नजिकैबाट बा. ८ च १३३८ नम्बरको नेपाली नम्बर प्लेटजडित भारतीय स्कोरपिओ नियन्त्रणमा लिएको थियो ।
सशस्त्रले उक्त गाडीसहित चालक मोरङ पथरीशनिश्चरे-८ का ४१ वर्षीय ईश्वरी भण्डारी र सवार भारत नक्सालवारी पञ्चायतका ३५ वर्षीय निताई घोषलाई नियन्त्रणमा लिएको जनाइएको छ । गाडीसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।