
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र पन्जाब किंग्ङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे अहमदाबादमा हुनेछ ।
१८ औँ संस्करणको आईपीएल क्रिकेटको हिजो भएको खेलमा लखनउ सुपर जाइन्टस्लाई एक विकेटले हराउँदै दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।