
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ ।
१८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो । यस्तै दोश्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई चार विकेटले हरायो । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।